Gold
Bangad salyan

विदेशमा अत्यन्त जोखिममा रहेका नेपालिको उद्दार गर्न सर्वोच्चको आदेश ,

वैशाख ४ ,काठमान्डौ – विदेशमा अत्यन्त जोखिममा रहेका नेपालिको उद्दार गर्न सर्वोच्चले सरकारलाई आदेश जारि गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो ।

विश्वमा कोरोन महामारीले उग्र रुप ल्याईरहेकोबेला नेपाल सरकारले केहि नगर्दा विदेशमा रहेका नेपालि नागरिकको मानसिक ,शारीरिक ,स्वस्थ्य तथा जीवन जोखिममा मात्र नरही निजमा आश्रित परिवारको समेत जीवन जोखिममा पर्नसक्ने भन्दै नेपालीको उद्दार गर्न आदेश जारी गरिएको छ ।

तेस्तै कोरोना भाईरस संक्रमण मुलुक वैदेशिक रोजगारम रहेका नेपालीलाई नेपालि राजदुतावास र श्रम सहचारी मार्फत कोरना भाईरस नेपालि नागरिकको स्वास्थ्य स्थिति प्रतिवेदन तत्काल तयार पार्न पनि अदालतको आदेशमा भनिएको छ ।

आप्रवासी नेपाली कामदारलाई कोभिड १९ बाट बचाउन परमादेशलगायतका आज्ञा आदेश माग गर्दै  अधिवक्ता सोमप्रसाद  लुइँटेल, प्रकाश खनाल र सुदीप देवकोटाले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।