Gold
Bangad salyan

कोरोना सम्बधि जनचेतना फैलाउदा टेकु अस्पतालका डाक्टर पुनलाई स्वास्थ्य मन्त्रालयको पत्र ,

वैशाख ६ ,काठमान्डौ – टेकु अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ उनलाई स्पष्टिकरणको लागि टेकुमा पत्र पाठाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले डा. पुनलाई मन्त्रालय बोलाइएको बताए।

उनले भने, ‘मौखिक बोलाउँदा खेरि आउनुभएन चिठी लेखेर मन्त्रालय डाँकिएको हो। डा. पुनले कोरोना संक्रमणको बारेमा मानिसमा चेतना जगाएको कुरा मन्त्रालयका केही व्यक्तिले नसहेको बताए।

मैले कोरोना संक्रमणको बारेमा जनाचेतानाको रुपमा बोलेका कुरा मन्त्रालयका केहि ब्याक्तिलाई चित्त नबुझेकोमा मा प्रस्ट छु ।पुनले आफू मन्त्रालयलाई स्पष्टिकरण दिन तयार रहेको रंग दर्पणलाई बताए।

पुनले पछिल्लो चरणमा विश्वमा महामारी रुपला फैलीरहेको कोरोना संक्रमणबाट नेपालमा कसरि बच्न सकिन्छ भनेर जनचेतनाका लागि अभिव्यक्ति दिने गरेका छन् ।

उनले भने मैले अनावस्यक कुरा बोलेको छैन जस्तोसुकै प्रश्नको पनि सामना गर्ने तयार छु। अब पत्र आयो बाँकी मन्त्रालय पुगेर आएपछि थाहा हुन्छ उनले भने ।