Gold
Bangad salyan

देशमा छिन छिन बत्ति जानुको कारण यस्तो छ ,

वैशाख ११ ,काठमान्डौ – अहिले देशका विभिन्न भागमा छिन छिन्मा बत्ति गईरहेको छ ।

लकडाउनको बेलामा घरमा बसेर अफिसको काम गरिरहेका बेला छिन छिनमा बत्ति जाँदा असहज भैरहेको गुनासो आईरहेको बेला नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले मौसमका कारण बत्ती जाने गरेको बताएका छन् ।

मौसम परिवर्तन संगै हावा हुरीले रुख ढाल्ने ,पोल ढल्ने चट्याङ्गले विधुतका ट्रान्सफरमर पड्किने गरेकोले यस्तो समस्या आएको घिसिङ्गले बताए ।

समस्या आईरहेको स्थानमा प्राविधिक टोलि खटिएका छन् तत्कालै समस्या समाधान भईरहेको छ उनले भने ।जस्तो सुकै बेला पनि नागरिकलाई उज्यालोमा राखन आफु प्रतिबद्द रहेको घिसिङ्गले बताए ।