Gold
Bangad salyan

नेपालगञ्जमा ९० जनाको स्वाब संकलनमा १५ जना पोजेटिभ थप रिपोर्ट आउन बाँकी ,

वैशाख २१ काठमान्डौ – नेपालगञ्जमा कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरेर प्रोग्शालामा लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

ति मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने अन्यको रिपोर्ट आउन बाँकी छ ।

नेपालगञ्जमा हाल सम्म १६ जनामा कोरोना संक्रमण देखिसकेको छ भने अझै संक्रमित बढ्न सकिने बताईएको छ ।

आजै आइतबार नेपालगञ्जमा बिहान ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो भने थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रोतले जनाएको हो ।

यो भन्दा पहिलेनै नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालगञ्ज भारत नेपालको प्रमुख नाका रुपैडिहासंग जोडीएको क्षेत्र हो । रुपैडिहा नाका बाट दैनिक १५ हजार भन्दा बढी मानिस आवत जावत गर्ने गर्दछन ।