काठमान्डौमा बेचिने ९२ प्रतिशत मिनिरल जारको पानीमा दिशामा हुने ईकोलि भेटियो ,
वैशाख २२ ,काठमान्डौ – राजधानी काठमान्डौमा बेचिने ९२ प्रतिशत मिनिरल जारको पानिमा मानिसको दिशामा पाइने जीवाणु ईकोलि मिसीएको फेला परेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठानले ५० ब्राण्डका पानि जारलाई परिक्षन गर्दा मानव जीवनको स्वास्थ्यमा लागि हानिकारक हुने किटाणु फेला परेको बताएको छ ।
यो अवस्था संगै सबैले पानि पिउनु भन्दा अघि सोच्न पर्ने अवस्था देखिन्छ । १ सय मिलिलिटर पानीमा ३ सय भन्दा धेरै कोलिफम फेला परेको पाईएको हो ।
तेस्तै ७४ प्रतिशत पानीमा दिशामा हुने ईकोलि नामक जीवाणु भेटिएको बताएको छ ।सरकारी मापदण्ड अनुसार पिउने पानीमा यी दुवै जीवाणु मानिसको जीवनमा हानिकारक हुन् ।
कोलिफम र दिशामा पाईने ईकोलि फोहोर ठाँउमा हुने ब्यक्टोरिया रास्ट्रीय खानेपानि मापदण्डले हुन नहुने बरिस्ठ बैज्ञानिक अधिकृत भोजराज पन्तले बताए ।
तर खाने पनि मापदण्डले परिक्षन गरेको जारमा अध्याधिक ब्याक्टोरिय फेला परेको हो । तेस्तै अधिकांस खाने पानीमा हानिकारक अम्लिया तथा क्षारियपन, आईरन अमोनिया तथा क्लोरिडको मात्र अत्यधिक भेटिएको छ ।
पानीमा रहेको यो तत्वले मानिसको फोक्सोमा असर पार्ने हड्डी खिइने घाँटीमा चिप्लोपना घटाउने जस्ता समस्या हुने गर्दछन ।
पछिल्लो समय पानि नउमालेर पिउने गरेपछि परिवारनै अस्पताल आउने गरेको शुक्ररा ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाउने गरेको छ ।
कोलिफम तथा ईकोलि जस्ता हानिकारक जीवाणुले झाडापखाला जन्डिस लगायतका घातक रोग लाग्ने भएकाले जारको पानि पिउने अघि साबधानी अपनाउनु पर्ने चिकित्सक बताउछन ।
आफुले खाने गरेको पानि कुन स्थानबाट आउने गरेको र आफु सुरक्षित छु या छैन भन्ने ध्यान राख्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनले बताए ।
पानि सधै उमालेर पिउने र झाडापखाला मात्र नभई टाईफाईड देखि घातक रोगबाट बच्न सकिने पुनले बताए ।
मापदण्ड विपरित गैरकानुनी ढंगले बिक्रि गरेका जारको पानि बिक्रि गर्ने कम्पनि तथा व्यवसायीको नाम सार्वजनिक गरेको छैन ।
हाल काठमान्डौमा बिक्रि हुने २ सय ५९ जार जार तथा बोटल पानि व्यबसायी दर्ता भएपनि नियमन फितलो हुँदा पानि पिउने नाममा नागरिक बिरामी हुने गरेको एक अध्यनले बताउछ ।

