२८१ यात्रु बोकेर नेपाल एयरलाइन्सको विमान सिड्नी उड्यो ,

वैशाख २४ काठमान्डौ – नेपाल वायुसेवा निगमको वाइडबडी विमान बुधबार दिउँसाे २ सय ८१ यात्रु बोकेर अष्ट्रेलियाको सिड्नीतर्फ उडेको छ ।

त्रिभुवन विमानस्थलबाट बुधबार १ : १५ मा उडेको जहाजमा अष्टे्रलिया र न्यूजिल्याण्ड २ सय ८१ जना यात्रु रहेको छन् ।

विमान काठमाडौंबाट मलेसिया टचडाउन (हुँदै) सिड्नी पुग्ने छ । कोरोना भाइरसको संक्रमण भित्रने डरले नेपालले विदेशबाट नेपालमा यात्रु आउन प्रतिवन्ध लगाएको छ ।नेपाल एयरलाइन्सले नागरिक अष्टे्रलिया छोडेर नेपाल रित्तै फर्कने छ ।

काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरुका लागि गरेको चार्टर उडान तर, टिकट खर्च भने यात्रुहरुले नै व्यहोरेका छन् ।

नेपाल एयरलाइन्सको अर्को वाइडबडी जहाज भने आजै चीनको बेइजिङ उड्ने भएको छ । निजी व्यवसायीले मेडिकल सामान भित्राउन यो जहाज चार्टर्ड गरेका छन् ।