नेपालमा थप १७ जनामा कोरोना संक्रमण दुई महिने शिशु पनि संक्रमित ,

वैशाख २४ काठमान्डौ – नेपालमा आज थप १७ जनामा कोरोना संक्रमण फेला परेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् ।

संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।१७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् ।