Gold
Bangad salyan

चार जना पत्रकारलाई कोरोना संक्रमण ,

वैशाख ३० ,वीरगञ्ज – पर्सामा आज भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार रहेको खुलेको छ ।

नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । यो संगै पर्सामा संक्रमितको संख्या ६४ पुगेको छ ।

यो भन्दा पहिले पर्साको छपकैयामा एकै परिवारका १८ जनामा कोरोना संक्रमण फेला परेको थियो ।आज सम्म नेपालमा १९१ जनामा कोरोना पुस्टि भईसकेको छ ।