अस्पतालमा मिर्गौला डाईलेसिस गर्ने मशीन विग्रेको छ महावीर पुनलाई फोन गर्नुहोस ,
जेठ १ ,काठमान्डौ – राष्ट्रिय आविष्कार केन्द्रका युवा वैज्ञानिक महावीर पुनले कोरोना महामारीको बेला अस्पतालमा मिर्गौला डाईलेसिस गर्ने मशीन विग्रेर पछि निशुल्क मरामत गरिने बताएका छन् ।
महामारीको बेला मेशिन बिग्रेर बिरामीहरुको उपचार गर्न सकीएको छैन भने निशुल्क मशिनहरु मर्मत गरिदिने पुनले जानकारी गरेका हुन् ।
हाल सम्म नेपाल आर्मी अस्पतालको १२ वटा डाईलेसिस मशीनहरु मर्मत गरेको पनि उनले बताए।
राष्ट्रिय आविष्कार केन्द्रका ई जोसेफ श्रेष्ठको अगुवाई र नेपाल बायो मेडिकल ईन्जिनियर एसोसिएसनको स्वयंसेवक बायोमेडिकल ईन्जिनियरहरुको सहयोगमा मिर्गौला डाईलेसिस गर्ने बिग्रेका मशीनहरु निशुल्कमा मर्मत गरिने पुनले बताएका हुन् ।
मेशिन मर्मत गर्दा चाहिने सानातिना पार्टपुर्जाहरु राष्टिय आविष्कार केन्द्रलेनै किनेर मर्मत गर्ने गरेको उनले बताए ।
साथै अहिले सम्म राष्टिय आविष्कार केन्द्रको टीमले बिभिन्न अस्पतालको ४० ओटा भेन्टिलेटरहरु पनि मर्मत गर्न सफल भएको महावीर पुनले बताए।
अस्पतालमा मिर्गौला डाईलेसिस गर्ने मेशिन बिग्रेर उपचार रोकीएको अवस्थामा पुनले आफुलाई फोन गर्नपनि आग्रह गरेका छन् ।

