नेपालि सेनामा कार्यरत दुई जनामा कोरोना संक्रमण ,
जेठ ३ ,काठमान्डौ – नेपालि सेनामा कार्यरत दुई जना नेपालि सेनामा कोरोना संक्रमणको पुस्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा संक्रमण पुस्टि गरेको दुवै जना नेपालि सेन अरहेको खुलेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।
पाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए ।
उनीहरु महोत्तरी निवासी ५२ वर्षीय र काभ्रे निवासी २६ वर्षीय पुरुष हुन् ।
संक्रमित उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ ।

