Gold
Bangad salyan

प्रधानमन्त्री ओलीले बजेटमा एमसीसी घुसाएको कसैलाई पत्तै भएन ,

जेठ १७ ,काठमान्डौ – नेपाल सरकारले प्रस्तुत गरेको २०७६ /७७ को बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरे।

सबैले आनदले सुने कँहा कति पर्यो भन्नेमा ध्यान गयो तर प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) घुसाएको कसैले पत्तै पाएनन।

बजेट प्रस्तु गर्दा मन्त्रि खतिवडाले बजेटमा लप्सीफेदी-रातामाटे- हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख छ र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ भनेका छन् ।

उनले बजेटमा एमसीसी भने भनेका छैनन ,सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने भनेको थियो ।

तेस्को लगतै नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आपत्ति जनाएका थिए ।

उनीहरुले पहिलेदेखिनै एमसीसी कार्यदलको विरोध गर्दै आएका छन्। आफूहरुको कार्यदलले परिमार्जन नगरी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको भन्दै दुवैले पार्टीमा छलफल नगरी एमसीसी सम्झौता अगाडि नबढाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा प्रशनको जवाफ दिने क्रममा एमसीसी अनुमोदन गर्ने/नगर्ने संसदको हातमा भएको बताएका थिए ।

साथै एमसीसी अनुमोदन नभए सरकार आफैंले अन्तरदेशीय प्रशारण लगानीमा लगानी गर्ने बताएका थिए ।

बजेटमा एमसीसी घुसेको भन्दै सचिवालय सदस्यहरुले आपत्ति जनाएका छन्।

पार्टीमा निर्णयनै नभएको विषयमा बजेट आएको छ एक नेताले भने यसलाई तत्काल फिर्ता लिनुपर्छ। वैदेशिक अनुदान ६० अर्ब ५२ करोडमा केपी ओलीले सुटुक्क एमसीसी घुसाएका हुन्।