Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो ,

जेठ १७ ,काठमान्डौ – नेपालमा एकैदिन १८९ जनामा कोरोना संक्रमणको पुस्टि पछि नेपालमा संक्रमितको संख्या १४०१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिएकोमा आज संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

संक्रमित मध्ये सबैभन्दा बढी कपिलवस्तु १०९ जना छन् ,तेस्तै सर्लाही १७ जना ,दैलेखका १४ जना,सिरहा ११,सप्तरीका ९,धनुषा ७,रौतहटमा ६ जना संक्रमित फेला परेका छन्।

तेस्तै दाङमा ५ जना ,महोत्तरी ४,पर्सा २,संखुवासभा २ जना झापामा १,ललितपुर १ ,बारा १ मा एक गरि नँया संक्रमित थपिएको स्वस्थ्यमंत्रालायाले जनाएको हो।

यसैगरी संक्रमित मध्ये २१९ जना निको भएर घर फर्किइसकेका छन् । कोरोना भाईरस संक्रमणबाट हाल सम्म ६ जनाको मृतु भईसकेको छ।अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् ।

हाल सम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ ।