दैलेखमा २ वर्षीय बालकलाई कोरोना पुस्टि ,
जेठ १९ ,काठमान्डौ – कर्णाली प्रदेश दैलेखमा २ वर्षीय बालकलाई पनि कोरोना संक्रमणको पुस्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक २ वर्षीय बालकपनि रहेको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।
संक्रमित दैलेखका २४ जुम्ला सिंजाका १९ जना रहेका छन्। जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।
त्यस्तै दैलेख नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् ।
कर्णाली प्रदेशमा यो हाल संग १ सय ६६ जनामा कोरोना संक्रमण फेला परेको छ भने सबै भन्दा बढी दैलेखमा मात्र ७२ जना फेला परेका हुन्। कर्णाली प्रदेशमा सबै भन्दा पहिले दैलेखमा अकोरोना संक्रमणको पुस्टि भएको थियो।

