Gold
Bangad salyan

बाहिर बन्द भित्र भिआईपिहरु जुवाखालमा मस्त ,

जेठ २० ,काठमान्डौ – लकडाउनको बेला बाहिर सबै बन्द छन् ,घरको ढोका बन्द गरेर काठमान्डौको कमलादीस्थित गगौंर बुटिक होटलमा भिआईपिहरुले जुवा खेलिरहेकोबेला प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट छापा मार्न खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहाल नेतृत्वको टोलीले २ लाख ७७ हजार रुपैयाँ बरामद गरेको छ भने उक्त रकममाथि केन्द्रित भएर अनुसन्धानमा जुटिरहेको छ ।

घटनास्थलबाट १ सय ७९ वटा सिक्का बरामद भएको छ, जसलाई ‘डिकोड’ गरेपछि जुवामा कारोबार भएको यकिन रकमबारे खुल्नेछ । यो क्यासिनोमा खेलिने जुवाको शैली हो ।