जाजरकोटमा चार जनामा कोरोना पुस्टि ,
जेठ २४ ,काठमान्डौ – कर्णाली प्रदेश जाजरकोटमा चार जनामा कोरोना पुस्टि भएको छ।
सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
संक्रमित तिन जना भारतबाट आएका हुन् हात जेठ १२ गते उनीहरुको स्वाब संकलन गरिएको थियो।
उनीहरु क्रमश ६, १४, ३३ र ५२ वर्षीय छन् । तेस्तै हिजो मात्र जाजरकोटका एक १९ वर्षीय युवामा पहिलोपटक कोरोना संक्रमणको पुस्टि भएको छ।
जाजरकोट भेरी नगरपालिका १० का १९ वर्षीय युवकमा कोरोना पुस्टि भएको हो। केहि दिन अगाडी भारतबाट आएका उनि सल्यानको कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आईरहेका छन्।
जाजरकोट बारेकोट र कुशे गाउँपालिकामा एक सय २७ जनाको कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
बारेकोट र कुशेबाट कोरोनाको पीसीआर परीक्षणका लागि १० दिन अघि १ सय २७ जनाको स्वाब संकलन गरि सुर्खेत पठाईएको थियो ति सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए ।
जिल्लाका अन्य ठाउँबाट स्वाब संकलन गरी पठाइएका 2७८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।
तेस्तै जाजरकोटका भारतबाट आएका २ हजार ६४ जनाको स्वाब संकलन गर्न बाँकी छ। उनीहरु सबै जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका छन्।

