दैलेखमा लकडाउन जारी राखिने ,
जेठ ३० ,काठमान्डौ – सरकारले लकडाउनलाई खुकुलो पार्ने निर्देशन दिएपनि दलेख सहित तिन जिल्लमा लकडाउन जारि रहने बताएको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले लकडान अहिले पनि जारी रहेको भन्दै अब नयाँ मापदण्ड अनुसार पनि कायम रहने बताए।
कर्णाली प्रदेशभरि सबै भन्दा बढी दैलेखमा संक्रमित बढी छन् भने एक जनाको मृतु पनि भईसकेको छ।
जसमा सर्लाही, रौतहट कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो। सरकारले गरेको मापदण्ड अनुसार एक्टिभ’ संक्रमणमा दैलेखमा ४४३ ,सर्लाहीमा ४७१, रौतहटमा ५१६, र कपिलवस्तुमा ३५३, जना संक्रमित छन्।
तेस्तै यी चार जिल्लामा बिहान ५ बजेदेखि ८ बजे खाद्य तथा तरकारी पसल खोल्न दिइएको छ।
त्यस्तै, पट्रोलियन ढुवानी र फोहोरमैलाको कामलाई पनि रोकिएको छैन। यसका साथै, बैंक तथा वित्तीय संस्थाललाई दिन बिराएर खोल्न दिइएको छ।
नेपालमा आज मात्र ४ सय ४८ जनामा कोरोना संक्रमण फेला परेको छ यो संगै नेपालमा ५ हजार ६२ जनामा कोभिड १९ फेलापरेर उपचार भईरहेको छ।

