Gold
Bangad salyan

दैलेखको क्वारेईनटाईनमा बसेका नागरिकलाई प्रहरीको लाठ्ठी चार्ज चार ,घा,ईते ,

जेठ ३१ ,काठमान्डौ – कर्णाली प्रदेश दैलेखको सदरमुकामस्थित नारायण नगरपालिका–१ को त्रिभुवन माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनपछि प्रहरीको कुटाईबाट ४ जना कोरोना संक्रमित घाईते भएका छन् उनीहरुलाई दैलेख अस्पतालको आइसोलेसन बार्डमा लगिएको छ ।

क्वारेईनटाईनमा बसेका ४३ जना कोरोना संक्रमितले दोश्रो पटकको पीसीआर रिपोर्ट आउनमा ढिलाई गरेको भन्दै आन्दोलनमा उत्रीएको नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए।

उनीहरुको गत जेठ २७ गते दोस्रो पटक स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

क्वारेन्टाइनमा बसेको एक महिना बितिसक्दा समेत ल्याबको रिपोर्ट आउन ढिलाइ भएको र आफूहरु घर जान पाउनु पर्ने माग राख्दै त्रिभुवन माध्यामिक विद्यालयको गेट अगाडि सडकमै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलक नुसार उनीहरुले आन्दोलन गर्नु त दैनिक जसतै हो ,यो बेला घर जान पाउने माग राख्दै विद्यालयको गेट तोडफोड गरेपछि प्रहरीले सामान्य बल पर्यो गरेको हो।

आन्दोलनमा उत्रिएका कोरोना संक्रमितहरुका अभिभावकका अनुसारभने नगरपालिकाका जनप्रतिनिधिहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बोलाएर लाठी चार्ज गरेको आरोप लगाएका छन् ।

तेस्तै जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका कोरोना संक्रमितहरु पनि आन्दोलनमा उत्रिएका छन् । खाने, बस्ने र शौचालयको उचित व्यवस्थापन नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।