Gold
Bangad salyan

कुश्मा पहिरोमा ८ जनाको शव फेला एक अझै वेपत्ता ,

असार १ ,काठमान्डौ – पर्वतको कुश्मा नगरपालिका,३, दुर्लुङमा पहिराे जाँदा हराईरहेका मध्ये एक जना अझै वेपत्ता छन् जसमा ८ जनाको शव फेला परेको छ।

शनिबार परेको परेको वर्षाका कारण राति पहरे वनबाट पहिलो खसेपछि उनीहरु घरसहित बगेका थिए।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी,९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा,३ का २६ वर्षीय कमला विक र ७ वर्षीया प्रमिशा विकको शव फेला परेको छ।

१३ वर्षीय जेनिश विक अझैसम्म फेलापरेका छैनन्। उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएर खोजि भईरहेको छ।

अहिलेपनि पर्वतमा पानि परिरहेको हुनाले खोजीकार्यमा कठिनाइ भएको पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।