कर्णालीमा ३३ अर्ब ७४ करोडको बजेट विनियोजन कोरोना केन्द्रित एक अर्ब ,
असार १ ,सुर्खेत – कर्णाली परदेश सरकारले आगामी आर्थिक वर्ष २०७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ ।
मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएका छन् ।
विनियोजितमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लख २१ हजार (५७ प्रतिशत) र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) रहेको छ ।
कुल वजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।
आगामी बजेटबाट कर्णाली सरकारले कोरोना केन्द्रितलाई १ अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने भएको छ ।
प्रदेश सभामा आर्थिक वर्ष को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले स्वास्थ्य, शिक्षा र खाद्यान्नको लागि कोषबाट बजेट खर्च गरिने बताए ।
तेस्तै आत्मनिर्भर बनाऔँ अभियानका साथ बजेटको ठूलो हिस्सा करीब २० प्रतिशत अर्थात रु. ७ अर्ब उत्पादन बजेट रोजगारीका लागि विनियोजन भएको छ ।
प्रदेश सरकारले अन्य मन्त्रालयमार्फत पनि कोरोना केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताललाई ३ सय श्य्याको शिक्षण अस्पतालको रुपमा विकास गर्न १३ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षण अस्पताल सुरु नभएसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालको सहकार्यमा चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी, एमएस) तहको अध्यायन सुरु गर्ने मन्त्री ज्वालाले बताए ।
चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी न्यूनतम २ वर्षदेखि कर्णालीमा सेवा गर्दै आएका चिकित्सकलाई उक्त कार्यक्रममा अध्यययनको लागि प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।
प्रदेशभित्र उन्नत जातका फलफूल र पशुनश्ल सुधारका लागि रु. २७ करोड बजेट बाँडफाँट गरेको छ ।
बजेटको पूर्णपाठ ,
| कर्णाली प्रदेश सरकारको आ.ब. २०७७-७८ को बजेट बक्तव्य.pdf |

