Gold
Bangad salyan

नेकपा बैठकमा आज कुर्सि तानातान सदस्यहरुलाई मञ्चबाट तल झारियो ,

असार १६ ,काठमान्डौ – नेकपा बैठकमा आजपनि कुर्सि विवाद भएको छ। आज मंगलबारको बैठकमा सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डलाई गत बुधबारको बैठक उद्घाटनमा अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो ।

बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो ।

सचिवालयका ९ जना नेता मञ्चमा थिए, स्थायी कमिटीका सदस्यहरु तल थिए । तेस्पछि माधव नेपालले आफ्नो आसन अगाडी सार्न लगाए र एक् छिन विवाद समेत भएको थियो।

शुक्रबार बैठकमा सोफा हटाईयो र सबैलाई काठका कुर्सी राखियो त्यो दिन भने प्रधानमन्त्री ओली अनुपस्थित थिए।

शनिबार सम्म काठको कुर्सि राखियो त्यो दिन प्रधानमन्त्री ओली एक छिन् आए र निक्लीए तेस्पछि सबै उपस्थित नेताहरुले विरोध जनाए।

आजको बैठकमा प्रधानमन्त्री ओली,अध्यक्ष प्रचण्ड माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ भने सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ ।

अगाडिको बैठकमा अग्लो मञ्चमा बसेका सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई स्थायी कमिटी सदस्यहरुकै लहरमा राखिएको छ ।

आजको बैठकमा ५ जना नेताको कुर्सि अगाडी राखेर अरुलाई पछाडी राखेकोमा केहि छिन विवाद समेत देखियो।

नेकपाका केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले सुरक्षाकर्मी खटाएर शुरुमा सचिवालय सदस्यहरु बस्ने मञ्चका कुर्सी भूइँमा झार्न लगाएका छन्।

त्यसक्रममा कार्यालय सचिवहरुले दुई अध्यक्षलाई अगाडिका कुर्सीमा राखेर अरु सबै नेताहरुलाई समान लहरमा कुर्सी व्यवस्था गरेका थिए ।

बैठक सुरु हुनलाग्दा दुई अध्यक्षलाई अगाडी राखेकोमा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र रघुजी पन्तले पूर्वप्रधानमन्त्रीहरुलाई पनि अध्यक्षहरुकै लहरमा राख्नुपर्ने भनेपछि कुर्सि टन्न लगाईयो।

त्योबेला अध्यक्ष प्रचण्ड र उपध्यक्ष बामदेव गौतम बैठक पक्षमा पुगेका थिए। उपाध्यक्षलाई पनि अध्यक्षहरुकै लहरमा राख्नुपर्ने भन्दै नेताहरुनै कुर्सी बोकेर अगाडि सरेपछि दुई अध्यक्ष सहित पाँचजना नेतालाई अगाडि राखेर समान खालको आसन व्यवस्थापन गरिएको नेकपा स्रोतले जनाएको छ अहिले बैठक बसिरहेको छ ।