Gold
Bangad salyan

आफ्नो स्वार्थको लागि राष्ट्रपतिलाई विवादमा नल्याऔ नेकपा प्रवक्ता ,

असर २१ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आ – आफ्नो स्वार्थको लागि राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन्।

शनिबार बेलुका ट्वीट गर्दै श्रेष्ठले लेखेका छन् ,रास्ट्रपति हाम्रो सम्मानित संस्था हो।तेस्तै राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर कसैले अनर्गल झुठा प्रचार नगर्नपनि श्रेष्ठले बताएका हुन् ।

राष्ट्रपति संस्थाको अवमुल्यन नगर्न र युक्त प्रचारको बारेमा राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने उनले बताए।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुसंगको छलफलमा आफ्नै पार्टी र भारतबाट मिलेर आफुलाई हटाउने र राष्ट्रपतिलाई महाभियोग लगाउने खेल भईरहेको बताएका थिए।