बेलायतबाट समाजसेवी इशा गुरुङको बझाङ् पहिरो पिडितलाई ६० हजारको राहत सहयोग,
असार २१ ,बझाङ्ग – बेलायतमा बस्दै आएकी समाजसेवी गरिब दुखिकि भगवान इशा गुरुङले बझाङ्गक पहिरो पीडितहरुलाई ६० हजार बारबारको सहयोग गरेकी छन् ।
उनले चामल २० बोरा , कम्बल २० वटा पिडित परिवारलाई राहत उपलब्ध गराएकि हुन् ।
ईशाले यो भन्दा अगाडीपनि स्वदेश तथा विदेशमा रहेका पिडित परिवारलाई सक्दो सहयोग गरेकी छिन। उनलाई पिडितले भगवान मान्ने गर्दछन।
बझाङको केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर ज्यान गुमाएका ७ जना सहित १८ घर पहिरोले बगाएको छ। पहिरोले ४५ घर अझै जोखिममा छन्।जसबाट गाउँका करिब ४ सय जना विस्थापित भएका छन् ।
पहिरो गएको स्थानबाट वरपर देखि तल बजार सम्म सडक संजाल बिग्रीएको छ ,भरिया पनि पाउदैन गाडीपनि चल्दैनन्।
तेसैगरी पहिरो गएको केदारस्युँ गाउँपालिका अधय्क्ष पनि घाईते भएको हुनाले उक्त सहयोग राहत बझाङ्गका सिडियो कमल राज भण्डारीलाई उपलब्ध गराई पिडित परिवारलाई उपलब्ध गराईएको छ ।
बझाङको केदारस्युँ गाउँपालिकाको मल्लेसीमा हिजो शनिबार करिब राति १ बजे तिर गएको पहिरोमा परि ७ जनाको ज्यान गएको छ।