Gold
Bangad salyan

हावाबाट पनि सर्ने देखियो कोरोना ,

असार २२ ,काठमान्डौ – महामारीको रुपमा फैलीएको कोरोना संक्रमण हाल सम्म व्यक्तिबाट ब्याक्तिमा मात्र सर्ने भनेपनि हावाको माध्यामबाट पनि संक्रमण फैलिने वैज्ञानिकले दाबि गरेका छन्।

हावामा रहेका साना – साना कोरोनाका कण मानिसमा फैलिन सक्ने भन्दै वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका छन्।

कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य संगठनलाई खुलापत्र पठाएर तेस्तो माग गरेको न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ ।

पत्रमा उनीहरुले आफुले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ ।

जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा उसले पाँच माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने जनाएको छ ।

वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले कोरोना भाइरसको संक्रमण हुनसक्ने दाबी गरेको न्यूयोर्क टाइम्समा प्रकासित छ ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले उपलब्ध प्रमाणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त छैन ।

विश्व स्वास्थ्य संगठनको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्ने विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेन्ग्रान्जीलाई न्यूयोर्क टाइम्सलाई हावाको माध्यमबाट फैलिन सक्ने सम्भावनाबारे आफूहरूले विगत दुई महिनादेखि विचार गरेको बताइन्। यसको ठोस प्रमाण नहुँदा अहिले उनीहरुबीच विवाद समेत भएको छ।