नेपालमा फेरी दोश्रो सलहको झुण्ड प्रवेश गर्यो ,

असार २८ ,काठमान्डौ – नेपालमा फेरी सलहको दोश्रो झुण्ड प्रवेश गरेको पाईएको छ। नेपालमा केहि हप्ता अगाडी भारतबाट सलह भित्रिएको थियो।

आईतबार बिहान भारतको उत्तर प्रदेश ,सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये दाङमा देखिएको छ।

दाङको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश सलहको झुण्ड प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए।

उनका अनुसार सलहको एक झुण्ड राप्ती गाउँपालिकाको लालमटिया क्षेत्रमा समेत माथि आकाशमा घुमिरहेको छ।

झुण्ड घुमिरहेको स्थानमा कृषकले स्टिलको थालि बजाउने ,कलह हर्ने ,बारीमा आगोको धुँवा बाल्ने जस्तो गरेपछि उत्तर पूर्वतर्फ लागेको केन्द्रले बताएको छ।

सलहले यो भन्दा पहिले पनि दाङ्ग ,अर्घाखाँची लगायत ५ जिल्लामा १८ हजार हेक्टरबारबारमा किसानको बालि क्षति गरेको छ।