surkhet

बलात्कार आरोपमा एसएसपी पक्राउ निलम्बनको लागि गृहमा पत्राचार ,

surkhet

असार ३१ ,काठमान्डौ – दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन्।

अधिकारी कार्यालय नजिकैको जंगलमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेसंगै उनलाई निलम्बनको लागि सशस्त्र प्रहरी मुख्यालयले गृहमा पत्र पठाएको छ ।

Dailekh

पक्राउको व्यहोरा पाएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् ।

Gorkha

गृहमन्त्रीबाट आईजीपी खनालको पत्र सदर भएपछि अधिकारी औपचारिक रुपमा निलम्बनमा पर्नेछन् ।

अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ ।

ती महिलालाई अधिकारीले लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ ।

एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो ।

salyan