प्रधानमन्त्रीले राजिनामा नदिए अब पार्टीले अर्को बाटो अपनाउछ दाहाल ,नेपाल ,
साउन १ ,काठमान्डौ – नेकपा प्रधानमन्त्री केपी शर्मा ओली ,अधय्क्ष प्रचण्ड बरिस्ठ नेता माधव कुमार नेपाल बीच भएको आजको छलफल निष्कर्षबिहिन भएर टुंगिएको छ।
आजको बैठकमा पनि प्रचण्ड नेपालले ओलीले राजिनामा दिनैपर्ने अडान राखेपछि बैठक बिना निष्कर्ष सकीएको वालुवाटार श्रोतले जनाएको हो।
पूर्ववत अडान दोहोर्याएपछि प्रधानमन्त्री ओलीले राजिनामा नदिने अडान राखेका छन् ,भोलिको बैठक भने नरोकिने महासचिव विष्णु पौडेलले जानकारी दिए।
बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए ।
गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्ड ,माधव नेपाल ,झालानात खनाल ,वामदेव गौतम सहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिए पनि उनले राजीनामा नदिने बताउँदै आएका छन् ।
ओलीले सहमतिमा नआए पनि बैठक नरोकिने र पार्टीले निर्णय गर्ने नेकपा बरिस्ठ नेता झलनाथ खनालले बताएका छन्।
ओलीले पार्टीको हित विपरित कार्य गरेको हुनाले तत्काल राजिनामा दिनुपर्ने अन्यथा ओलीले नेकपा पार्टी र जनमतनै समाप्त पार्ने झलनाथ खनालको दाबि छ।
स्थायी कमिटिका ३० जना सदस्यले पनि ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग राखेका छन्।