नेकपा सचिवालय बैठक बस्दै ,
साउन ३ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज ३ बजे बस्दैछ ।
नेकपा पार्टी कलहको समाधानका लागि गत असार १० गते देखि स्थायी समिति बैठक पनि सुरु भएको थियो।
नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्त्य्भित्र एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा असन्तुष्टि बढेपछि ओइको राजिनामा माग गरिएको छ ।
स्थायी समिति बैठक स्थगित गरि नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच नियमित छलफल चलिरहेको थियो।
छलफलमा कुनै निष्कर्ष निक्लननसके पछि बिहीबार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो।
ओलीले आफुले राजिनामा नदिने भनेपछि प्रचण्ड नेपाल समुहको खुमलटारमा बैठक बसेको थियो उक्त बैठकले अब तत्कालै केन्द्रिय समिति बैठक बोलाउने निष्कर्ष गरेको छ।
सम्भवत आजको सचिवालय बैठकलेनै केन्द्रिय समिति बैठकको मिति तोक्ने एक सचिवालयका नेताले बताए।