सुनसरीमा गोलि चल्यो एक घाईते ,

साउन ३ ,विराटनगर – सुनसरीको सिमावार्तिमा प्रहरीले एक जनालाई गोलि हानेको छ ,गोलि लागेर एक जाना घाईते भएका छन्।

शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ र जाँच गर्दा एक्कसी प्रहरीमा आक्रमण भएको थियो ।

सीमा सुरक्षामा खटिएका प्रहरी जवानको तस्कर समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ ।

हरिनगर,७ सुकुम्बासी टोलका सहजब जटको पेटमा गोलि लागेको छ, गम्भीर घाइते उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

हिजोपनि सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका,३ मा प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ। जसमा दुई जना घाईते भएका छन्।