पहिरोले पुरिएर डेढ बर्षिय शिशुसहित एकै परिवारका तीन जनाको मृत्यु,
साउन ६ ,धादिङ्ग – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका,६ गल्याङमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोले घर पुर्दा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
पहिरो बिहान चार बजेतिर गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए।