साउन ८ गतेबाट सार्वजानिक यातायात संचालन गर्ने व्यवसायीको घोषणा ,
साउन ६ ,काठमान्डौ – यातायात व्यवसायीले साउन ८ गतेबाट सार्वजनिक यातायात गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।
सरकारले गत सर २६ गतेबाटनै उपत्यकाभित्र र अन्य ठाँउमा सार्वजानिक यातायात संचालन गर्ने निर्णय गरेको थियो व्यवसायीले भने विभिनन माग राखेर यातायात संचालन गर्न मानेका थिएनन।