प्युठानमा किसानले २० क्विन्टल सलह बेचेर चामल किने ,
साउन ८ ,प्युठान – जिल्लाको नौबहिनी गाउँपालिका १,स्याउँलीबाङका किसानले सलह संकलन गरेर वडा कार्यालयमा सलह बुझाउँने गरेका छन् ।
सलह ल्याएपछि गाँउपालिकाले तौलेर लिने गरेको र प्रतिकिलो ५० रुपैया दिने गरेको छ। किसानले मंगलबारमात्र २० क्विन्टल सलह संकलन गरेर गाँउपालिकालई बेचेको गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष विकले जानकारी दिए।
मंगलबारसम्म एक सय बढी किसानले २० क्विन्टल सलह वडा कार्यालयमा ल्याएको नौबहिनी गाउँपालिकाले जनाएको छ ।
उच्च पहाडी क्षेत्रमा सलह पुगेपछि सलहले स्याउँलीबाङको खलेसबाङ, खारखोला, मड्धारा, छेपेवडारलगायत बस्तीमा धेरै नोक्सानी गरेको छ ।
स्याउँलीबाङमा किसानले लगाएको करिब एक हजार हेक्टर बढी क्षेत्रफलमा खेतबारीमा सलहले नोक्सान गरेको कृषि शाखाका प्रमुख सन्तोष विकले जानकारी दिए।
गाँउमा सलहले अत्यधिक नोक्सान गर्न थालेपछि किसानले बारीमा जाने र सलह टिप्ने बोरोमा हालेर बाँधेर जामम गर्दै वडा कार्यालयमा बुझाउने गरेको नौबहिनी,१ का वडाध्यक्ष शेरबहादुर सेनले बताएका हुन् ।
सलहले प्युठानका विभिन्न भागमा खेतिबालि नस्ट गर्नुका सतही डाले घाँस समेत सखाप पार्ने गरेको उनले बताए। सेनका अनुसार अहिले सलह स्याउँलीबाङ जंगलमा समेत बास बसेको छ।
सलहले अन्नबाली सखाप पारेपछि सलह जम्मा गरेर बेच्ने र तेही पैसाले चामल किनेर किसानले खाने गरेका छन्।
किसानले ल्याएको सलाहलाई जमिनमुनि गाडेको पनि सेनले बताए। केहि महिना अगाडी भारतबाट नेपालमा प्रवेश गरेको सलहले नेपालका विभिन्न जिल्लामा किसानको बालि नस्ट गर्ने गरेको छ।

