Gold
Bangad salyan

सुन हुनेलाई मालामाल नहुनेलाई फालाफाल ,

साउन ११ ,काठमान्डौ – नेपालमा पछिल्लो समय सुनको मूल्य दैनिक जस्तो बढेको पाईएको छ।

अन्तरास्ट्रिय बजारमा सुनको मूल्य घट बढ भईरहेको हुनाले नेपालमा सुनको मूल्य बढेको सुन तथा चाँदी व्यवसायिक संघले जनाएको छ।

आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो ।

यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।