जन् स्वास्थ्यविज्ञको दाबि समुदायमा कोरोना संक्रमणको जोखिम बढ्यो,
साउन १३ ,काठमान्डौ – पछिल्लो समययता समुदायस्तरमा कोरोना फैलीएको जन् स्वास्थ्यविज्ञले दाबि गरेका छन्।
केहिदिन यता सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको पाईएपछि काठमान्डौका अधिकांस जिल्लामा पनि कोरोना बढेको हुनसक्ने जसको लागि सरकारले अर्को रणनीति अबलम्बन गर्नुपर्ने जन्स्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले बताएका हुन्।
मन्त्रालयले २४ घन्टामा ५ हजार ३२ जनाको पीसीआर परिक्षण गर्दा ३११ जनामा कोरोनाका बिरामी फेला परेको बताएको छ।
यो संगै आज उपत्यकाका काठमान्डौमा ४८ जना ,ललितपुरमा ४ र भक्तपुरमा १ गरेर ५३ जनामा कोरोना देखिएको छ।
यो पछि सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुनसक्ने जनस्वास्थ्यविज्ञले बताएका हुन्।
पछिल्लो समयमा तराइका बिभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा सुरक्षित हुनको लागि काठमाडौं उपत्याका प्रवेश गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रुपमा समेत बढेको छ।
कचौरा जस्तो काठमान्डौ उपत्यकामा ४० लाख बढी जनसंख्या रहेको र कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न नसक्नेपनि पाण्डेले बताए।
भारतसंग सिमा जोडीएका सिमाना तराईक्षेत्रमा परिक्षणको निकै कम परिक्षण भएको छ।
परिक्षणको दर जति बढायो, त्यति धेरै संक्रमितको पहिचान हुने र जति धेरै संक्रमित पहिचान भयो त्यति धेरै समाज सुरक्षित हुनसक्ने भएकोले परिक्षणको मात्रा बढाउनुपर्ने पनि विज्ञहरुले सरकारलाई सुझाव दिएका छन्।
जनचेतना कम भएका बर्गमा परीक्षणलाई घनीभूत गराउने हो भने कल्पना गरेभन्दा अग्लो ग्राफ देखिने समेत उनीहरुको दाबि छ।
.

