Gold

गुर्भाकोट ४ मा निर्माण गरिएको पोखरी विवादमा रंग दर्पणको अन्तर्वार्ता ,

Naumule Migrate

साउन १७ ,काठमान्डौ – गुर्भाकोट नगरपालिका वडान.४ का वडा अध्यक्ष प्रशन्न कुमार शाहले आफ्नै बारीमा बनाएको आँपखोलीस्थित पानीपोखरीको विवाद बारे रंग दर्पणले प्रत्यक्ष टेलिफोन संवाद गरेको छ।

सामाजिक सञ्जाल र समाचारमा गरिएको अफवाह भने सत्य नभएको अध्यक्ष शाहले हामीलाई बताए।शाहको बारीमा पहिलेनै पानि पोखरी भएको समेत उनले बताए ।

आँपखोलीमा तीनवटा पानीपोखरी निर्माण गरिएका छन, पोखरी निर्माण गर्दा अन्य केहि स्थानीयले जग्गा दिन नमानेपछि र उचित स्थान नपाएपछि शाहको पहिलेनै निर्माणाधीन रहेको पोखरीलाइ प्रयोगमा ल्याईएको बताए ।

पोखरीमा संकलन गरिएको पानि पाएक पर्ने सबै स्थानीयले प्रयोग गर्न मिल्ने र उचित स्थान देखेपछि मरमत गरिएको उनले बताए।

प्रशन्न शाहका अनुसार पहिलेदेखि बनेको मेरो पोखरीलाई स्थानीयको सहमति अनुसार निर्माण गरिएको हो मेरो १ रोपनी जग्गा नोक्सान भएको छ ,।

म पनि किसान हु ,पानि सबैले प्रयोग गर्ने हो केहि साथीले वास्तविक कुरा नबुझी सामाजिक सञ्जालमा विरोध गरेछन त्यो सबै गलत हो उनले भने।

पोखरी निर्माणको लागि कसैले जग्गा नदिएपछि र उचित स्थान नहुँदा मेरो पहिलेदेखिनै रहेको पोखरीलाई केहि ठुलो पारिएको हो शाहले रंग दर्पणलाई भने।

प्रदेश सांसद माननीय ठमर बिष्टले चुरे संरक्षण कार्यक्रमको बजेटले किसानलाई आकासे पानि संकलन गरि खेति योग्य जमिन र तरकारी ,फलफूलमा प्रयोग गर्नको लागि पोखरी निर्माण गरेको बताए।

 

 

Naumule Badhipahiro