पाटन अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु ,

साउन २३ ,काठमान्डौ – कोभिड १९ संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ।

अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय एक पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए ।

रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् ।

पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको शुक्रबार बिहान १ बजेतिर उपचारको क्रममा मृत्यु भएको ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । कोरोना भाईरसको संक्रमणबाट सिरहामा एक युवकको मृत्यु भएको छ ।

बुधबार सिरहाको गोलबजार,१२ का २३ वर्षीय युवकको गत राति धरानमा मृत्यु भएको हो ।युवक तीन वर्ष देखि किड्नीको समस्याले ग्रसित थिए उनले उपचार पनि गराईरहेका थिए।