वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुग्यो ,

साउन २६ ,वीरगञ्ज – ,वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।जसमा वेवारिसे शवमा कोरोना पुस्टि सहित उपचारकै क्रममा मृत्यु भएका हरु छन्।

नेपालमा हाल सम्म कोरोनाबाट ७६ जनाको मृत्यु भईसकेको छ ,जसमध्य वीरगञ्जमा सबै भन्दा बढीको मृत्यु भएको छ ,भने कोरोना संक्रमित पनि सबै भन्दा बढी वीरगञ्जमा देखिएका छन्। यो संगै नेपालमा वीरगञ्ज कोरोनाको हाईपोसेन्टर बनेको छ।
वीरगञ्ज महानगरपालिका १५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार बिहान गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो ,आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।