नक्कली बिहे गरेर बलात्कार अनि किशोरीको दुई लाख चोरेर फरार ,
साउन २७ ,काठमान्डौ – उमेर नपुगेकी किशोरोलाई विहेको प्रलोभनमा पारेर बलात्कार र ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका,७ का ३० वर्षीय राजन विश्वकर्मा छन्। उनि हाल काठमान्डौ चन्द्रागिरि नगरपालिका ६ मा बस्दै आईरहेको महानगरीय प्रहरी वृत्त थानकोटले बताएको हो।
उनले एक किशोरीलाई आफु अविवाहित भएको र विवाहा गर्ने बताएपछि आफ्नो डेरामा फकाएर लगेर थानकोटमा लागेका थिए।
उनले डेरामा लगेर प्रेम विवाहसमेत गरेका थिए ,संगै बसको पाँचदिन पछि उनले किशोरीको दुई लाख पैसा र सुन चोरेर फरार भएपछि पिडितले उजुरी दिएकि थिइन्।
थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार राजनलाई थानकोटबाटनै पक्राउ गरेपछि उनले आफुले विहेको नाटक गरेको खुलेको छ भने उनि पहिलेनै विवाहित हुन्।
उनलाई पक्राउ गरेर जबरजस्तीकरणी तथा ठगी सम्बन्धी कसूरमा मुद्दा चलाईने भएको प्रहरीले बताएको छ।