Gold
Bangad salyan

जाजरकोट रिम्नाको त्रिवेणीमा १० घर बस्ति बाढीको उच्च जोखिममा ,

साउन २८ ,जाजरकोट – जाजरकोट भेरी नगरपालिका वडान १ रिम्नाको त्रिवेणी मावि बिधालयको छेउमा रहेको डिल्ली परियार लगायत १० घर बाढीबाट जोखिमको खतरामा रहेका छन्।

भेरी नदीले बस्तिलाई छोएपछि स्थानीय चिन्तित देखिन्छन,केहि दिन अगाडी मात्र डिल्ली परियारको घरनजिक रहेको ट्वाईलेट भेरी नदीले बगाएको थियो भने घरको जगबाटनै भेरी बग्ने गरेको छ।

डिल्ली परियारले स्थानीय सरकारका जनप्रतिनिधिसंग जाली माग गरेका थिए भने आफुहरु जोखिमको अवस्थामा रहेको जानकारी गराएका थिए।

जनप्रतिनिधिले भने हुन्छ भन्दै कुरा तार्ने र कुनै ध्यान नदिएको डिल्ली परियारले बताए। घर छोडेर अन्त जाने ठाँउ पनि छैन ,घरनजिक भेरी नदि बग्छ नदीले जतिखेरपनि क्षति गर्न सक्छ।

मैले स्थानीय सरकारसंग बचाउको माग गरेको छु ,केहि बचावटको लागि जाली माग गरेको थिए ,उँहाहरुले सुन्नु भएन ,परियारले भने।

केहि महिना अगाडी जाजरकोटको बारेकोटमा बाढीले दर्जनौको ज्यान लगेको थियो भने एक हजार बढि बस्ति विस्तापित भएका छन्।