Gold
Bangad salyan

राष्ट्रिय झण्डा जलाउने समुहलाई राज्यबिरुद्धको कसुरमा मुद्दा चलाईयो ’

भदौ ४ ,काठमान्डौ -राष्ट्रिय झण्डा जलाई म्युजिक भिडियो बनाउने समुहलाई प्रहरीले पक्राउ गरि ‘राज्यबिरुद्धको कसुर’मा मुद्दा चलाएको छ।

देशद्रोहको गित गाउने र नेपालको झन्डा जलाउने गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएको बताएको छ ।

झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् ।

यो समुहले मकवानपुरमा सुटिङ गरेको म्यूजिक भिडियोमा ब्राम्हण र क्षेत्री समुदायलाई घृणा गर्दै अश्लिल गाली गरेको छ ।

तेस्तै भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली ,अधय्क्ष प्रचण्ड ,पुर्व राजा ज्ञानेन्द्र शाह लगायतको फोटो पोस्टरमा राखेरा जलाईएको छ।

सरकारको कामकारवाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे गराएमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुने मुलुकी अपराधसंहिता–०७४ को भाग २ परिच्छेद १ दफा (५०) को उपदफा (३) मा उल्लेख गरिएको छ ।

सो ऐनको दफा (४९) को उपदफा (४) कसैले सार्वभौमिक अखण्डता, बर्गिय, जातिय, क्षेत्रीय, धार्मिक वा सांप्रदायिक दंगा भड्काउने काम गरे ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।

देश द्रोहको शिर्षकको उक्त भिडियो ‘मंगोल हप अफिसियल’ नामका युट्युव च्यानलबाट अपलोड गरिएको थियो।

यो गितको चौतफी विरोध भएपछि प्रहरीले उनीहरुको खोजि तिब्र बनाएको थियो। मुलुकी अपराधसंहिता अन्तर्गको दुवै कसुरमा उनीहरुमाथि कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौँले बताएको छ ।

अहिले यो गित युटुबबाट हटाईएको छ भने पक्राउ परेका हरुलाई कारबाहीको लागि अगाडी बढाईएको छ।