नवलपरासी पश्चिममा गाउँपालिका अध्यक्षसहित २९ जनामा कोरोना पुष्टि,
भदौ ७ ,नवलपरासी पश्चिम – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज (आइतबार) थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
परासीस्थित पृथ्वी चन्द्र अस्पतालका ४ जना स्वास्थ्यकर्मि सहित २९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षण गरिएकोमा पाल्हिनन्दन गाउँपालिकाका प्रमुख सहित अन्य समुदायस्तरका स्थानियलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख गौरव ढकालले जानकारी दिए ।
अहिले अस्पताल सहित गाउँपालिका कार्यालय पनि सिल गर्ने तयारी भइरहेको छ ।
रबिन्द्र यादव,
नवलपरासी पश्चिम

