Gold
Bangad salyan

कर्णाली प्रदेशमा आज थप ५१ जना कोरोना संक्रमित जाजरकोटमा बढी ,

भदौ ८ ,काठमान्डौ – विगत २४ घन्टामा कर्णाली प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेशमा आज कालिकोटमा ३ जना ,जाजरकोटमा १९ ,रुकुम पश्चिममा १८ र सुर्खेतमा ११ जना कोरोना संक्रमित थपिएका छन्।

कर्णाली प्रदेशमा ५२७ जना हाल क्वारिनटिनमा रहेको स्वस्थ्य मन्त्रालयले जनाएको छ।

तेस्तै कर्णालीमा हाल सम्म डिस्चार्ज हुनेको संख्या १९८२ छ भने ३६५ जनाको आईसोलेसनमा उपचार भईरहेको छ ति मध्ये २१ जना होम आईसोलेसनमा छन्।

कर्णालीको एक जिल्ला हुम्ला कोरोना मुक्त भएको छ ,यो भन्दा अगाडी शुन्य भएका जिल्लामा भने कोरोना फैलीएको छ। कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भईसक्को छ ति मध्ये ४ पुरुष छन्।