चितवनको आईसोलेसनबाट भागे एक कोरोना संक्रमित ,
भदौ ९ ,चितवन – चितवनको भरतपुर ईसोलेसनमा उपचार गराईरहेका एक कोरोना संक्रमित भागेका छन्।
महानगरपालिका १२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गरेको छ ।
चोरी आरोपमा पक्राउ परेका उनीमाथि कोरोना पोजेटिभ देखिएपछि भदौ ५ गते आईसोलेसनमा राखेर उपचार गरिएको थियो।
भागेका संक्रमितको खोजि भैरहेको प्रहरीले जनाएको छ ,आईसोलेसनमा अहिले ६८ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।

