Gold
Bangad salyan

रुकुम पश्चिमबाट सिन्धुपाल्चोकका बाढी पिडितलाई आर्थिक सहयोग ,

भदौ १० ,काठमान्डौ – रुकुम पश्चिमका संघीय सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरो पीडितलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

सो रकम रुकुम पश्चिम जिल्लाका स्थानीय पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदका जनप्रतिनिधिहरुको तर्फबाट सहयोग प्राप्त भएको हो ।

नेकपा नेता शर्माले बुधबार उक्त रकम सभामुख अग्नि साप्कोटालाई हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साउन अन्तिममा गएको पहिरोमा परि ३८ जना वेपत्ता भएका थिए भने ३७ घर पुरीएका थिए ।