पुजारी हत्या बिरुद्धको आन्दोलन रोक्नु गृह मन्त्रालय ,
भदौ ११ ,काठमान्डौ – रौतहटको माधवनारायण नगरपालिका,२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा हत्यारालाई कारबाहीको लागि गरिएको प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन गरेको छ।
प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै सो निर्देशन दिएको हो ।
नारायण नगरपालिका,२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको भदौ ३ मा मन्दिर परिसरमा आफ्नै कोठामा खाना भईरहेकोबेला गोलि हानि हत्या गरिएको थियो।
न्त्रालयका शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेरको पत्रमा भनिएको छ–‘हिन्दु धर्म पक्षधरले शुरु गरेको अवान्छित गतिविधि रोक्न र कानुनविपरित काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशनुसार अनुरोध छ ।


