Gold
Bangad salyan

सर्वोच्चले भन्यो विप्लव समूहका नेता भुजेल र पौडेललाई थुनामुक्त गर्नु ,

भदौ १४ ,काठमान्डौ – सर्वोच्च अदालतले विप्लव समूहका नेताद्वय उमा भुजेल र सुमन सिंह पौडेललाई थुनामुक्त गर्न आदेश दिएको छ।

गत भदौ ५ गते उनीहरू दुवैको तर्फबाट प्रतिमा भुजेलले दिएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट जारी भएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

उनका अनुसार न्यायाधीश दीपककुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले उनीहरूलाई सम्बन्धित जिल्ला अदालतको न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो।

थुनामुक्त गरेको जानकारी सर्वोच्च अदालतमा पठाउन पनि आदेशमा भनिएको छ। मेची-कोशी कमाण्ड ईञ्चार्ज भुजेल र सहइन्सचार्ज पौडेललाई पुस १२ गते सुनसरी प्रहरीले पक्राउ गरेको थियो।

वितेका ८ महिनामा उनीहरूलाई अदालतले थुनामुक्त गर्न आदेश दिए पनि प्रहरीले पक्राउ गरि जिल्ला परिवर्तन गर्दै हिरासतमा थुन्दै आएको थियो

उनीहरुलाई अहिले सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयले गैरकानुनी थुनामा हिरासतमा राखेको छ।

अहिले कोरोना संक्रमणको जोखिम रहेको र थुनामुक्त गर्न आदेश दिनु भन्ने माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। उनीहरूले आफूलाई पटकपटक पक्राउ नगर्नु भन्ने आदेश मागेका थिए।