जाजरकोटका एक चिकित्सकलाई कोरोना संक्रमण,
भदौ १५ ,जाजरकोट – कर्णाली प्रदेश जाजरकोट जिल्ला अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना भाईरस संक्रमण देखिएको छ ।
३ सय ४० जानको स्वाब परीक्षण गर्दा अन्य सबैको रिपोर्ट नेगेटिभ आएको तर एक चिकित्सकमानै कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पताल पशुपंक्षी प्रयोगशाला सुर्खेतले जनाएको छ।
यस अघि जिल्ला अस्पतालका तीन र एक पाहुना आएकासहित चार चिकित्सकमा कोरोना देखिएको थियो। संक्रमित चिकित्सक सबैको सोहि अस्पतालमा आईसोलेसनमा उपचार भईरहेको छ।
केहि हप्ता अगाडी भेरी नगरपालिकाले विभिन्न वडाबाट स्वाब संकलन गरि सदरमुकामका पठाएको एक सय १४ जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो। चौरजहारी प्रयोगशालामा पठाएका २० मध्य १९ जनामा भने कोरोना संक्रमण देखिएको थियो ।
जाजरकोटमा एक साता यता ३० जनामा कोरोना संक्रमण देखिएको छ ,सबैको अहिले आईसोलेसनमा उपचार भईरहेको छ। संक्रमित कसैको कलोज कनट्राय्क छैन ,तेस्तै चिकित्सकमा पनि संक्रमण देखिएपछि चिन्ता थपिएको स्वास्थ्य सेवा ब्यवस्थापक डा. सुनिल पुनले बताए ।
चिकित्सकमानै संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । सोमबारसम्म सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ ।

