काठमान्डौ महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि,
भदौ १५ ,काठमान्डौ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
केहि दिन अघि स्वाब दिएका शाक्यलाई सोमबार कोरोना पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयले दिएको जानकारी अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।
उनको पत्नीलाई भने कोरोना संक्रमण नेगेटिभ देखिएको छ । शाक्यले केहि महिना अगाडी मात्र काठमान्डौ महानगरपालिकामा जनतालाई कोरोना संक्रमण हुन नदिने र कोरोनाबाट कोहि पनि नमर्ने बताएका थिए ।
तर आज उनि आफै संक्रमित बनेका छन्। काठमान्डौमा मात्र ४ हजार नजिक कोरोना संक्रमित देखिएका छन्।