Gold
Bangad salyan

डा. गोविन्द केसीमा सरकारको अत्याचार औषधि किन्नपनि अवरोध ,

भदौ १९ ,जुम्ला – पछिल्लो समय डा गोविन्द केसीमा सरकारको अत्याचार बढ्दै गएको छ। उनि जुम्लामा औषधि किन्नपनि अवरोधमा अपरेका छन्।

सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका डा. गोविन्द केसीलाई शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेका हुन् ।

हाडजोर्नी सम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएपछि लिन जाँदा रोकिएको डा. केसीले बताए । कोरोन महामारीको बेला सबैको आग्रह पछि केसीले सत्याग्रह रोकेका छन् ।

अब भने केसी सिँजा, पातारासी क्षेत्रमा जाने योजना बनाएक छन् पुग्दा ‘रित्तै जानुभन्दा बिरामीका लागि औषधि लैजान खोजेपछि प्रशाशनले रोकेको उनले बताए ।

केसी करिब दुईमहिनाबाट कर्णालीमा छन् ,केन्द्र सरकारको निर्देशनमा आफु अवरोधमा परेको उनले बताएका छन्।

गरीब, दुखी र बिकट ठाउँमा निशुल्क उपचार गर्न देशको कुना कन्दरा पुग्दा पनि सरकारले अपमान दमन दादागिरी गरेको देख्दा आफु अचम्ममा परेको केसीले बताए।

केहि हप्ता अगाडी डा केसीले आफ्ना माग पुरा सरकारले गरेपछि काठमान्डौ आउने अन्यथा जुम्लानै जुआन सक्ने बताएका थिए।