Gold
Bangad salyan

आज थप १ हजार ४१ जना नँया कोरोना संक्रमित फेला ,

भदौ २० ,काठमान्डौ –  देशभर थप १ हजार ४१ जना नँया कोरोना संक्रमित फेलापरे पछि कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ।

आज फेला परेका संक्रमितमा ३४९ महिला र ६९२ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तेस्तै हाल सम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० छ। ,संस्थागत आइसोलेसनमा ९८६६ ,छन् ,भने होम आईसोलेसन मा ८ हजार ४ जना रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए ।

आजको जम्मा पीसीआर परिक्षण १२४७३ ,छ भने हाल सम्म कुल ६५६१ जना क्वारिनटिनमा रहेका छन् ,गत २४ घन्टामा १५६६ जना डिस्चार्ज भएपछि कोरोनालाई जित्नेको संख्या २७१२७ पुगेको छ।