Gold
Bangad salyan

प्रधानमन्त्रीलाई नागरिकको प्रश्न सुभकामना होइन राहत दिनुहोस ,

भदौ २३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिकले सुभकामना नभई राहत दिनु पर्ने माग राखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा दिएको सुभकामना संदेशमा नागरिक भोकै मर्न लागेकोबेला सुभकामना नभई राहत दिन आग्रह गरेका हुन्।

साक्षरता दिवसका अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले निरक्षर नेपालीलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेकाले अभियान सफल पार्न आग्रह गरेका हुन् ।

हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको छ प्रधानमन्त्रीले सुभकामना संदेशमा भनेका छन् ।

हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । आगामी दिनहरुमा वाँकी रहेका जिल्लाहरुको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस अवसरमा मेरो आग्रह छ– हामी सवै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौं । नेपालको संविधान, २०७२ को अनुसूची ८ मा अनौपचारिक शिक्षा साक्षरता लगायतका विद्यालय शिक्षाको व्यवस्थापनको विषय स्थानीय तहको अधिकारक्षेत्र अन्तर्गत समावेश गरिएको छ ।

यस अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाइ, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाइका कार्यक्रम सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्नेगरी तोकिएको छ ।

यसलाई प्रभावकारी बनाउन सम्बद्ध सबै तहहरुलाई प्रधानमन्त्री ओलीले हार्दिक आह्वान गरेका हुन् । नेपाल सरकारले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको पनि उनले बताएका हुन् ।

मुलुकलाई अविकासबाट विकासतिर, बिपन्नताबाट सम्पन्नतातिर, आंशिक साक्षरताबाट पूर्ण साक्षरतातिर अग्रसर गराइरहेका छौं । यस मार्फत सम्मृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांङ्क्षा पूरा गर्ने सरकारको संकल्प रहेकोपनि ओलीले बताएका छन् ।

साक्षरता दिवसको अवसरमा साक्षरता र सामाजिक सचेतनाका साथ कोभिड १९ को संङ्कटसंग सबै मिलेर सामना गर्न त्यसबाट उत्पन्न मानवीय क्षति ब्यहोरिरहेको तथा जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पु¥याएको क्षतिबाट माथि उठ्ने चुनौतिकाबीच दीगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको लक्ष्य हासिल गर्न कामको रफ्तार बृद्धि गर्नुपर्ने प्रधानमन्त्रीको सुभकामना संदेशमा भनिएको छ ।